image
image

फागुन महिनामै भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौँ, २८, चैत्त । फागुन महिनामा विदेशबाट १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले फागुन महिनामा मात्रै १ खर्ब ४ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ महिनासम्म विदेशबाट ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकि, फागुन महिनाको अन्त्यसम्म रेमिट्यान्स भित्रिने क्रम बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।

नेपालबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशीने क्रम बढेपछि रेमिट्यान्स आप्रवाह समेत बढेको केन्द्रीय बैंकले जनाएको छ । 

यस अवधिमा श्रम स्वीकृत लिने युवाहरुको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृत लिने युवाको संख्या १ लाख ९२ हजार ५५९ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।