image
image
बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन भएको आईपीओ महँगो हुने, किन ? 

बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन भएको आईपीओ महँगो हुने, किन ? 

काठमाडौँ ५ चैत । पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरे सेयर मूल्य अहिलेको भन्दा महँगो पर्न जाने बहस भइरहेको छ । एकातर्फ १० कित्तामा आवेदन दिन नपाइने र अर्कोतर्फ मूल्य पनि बढी हुने भनिएपछि साना लगानीकर्तालाई मार पर्ने भएको छ । सामान्यतया अहिले आईपीओ सय रुपैयाँ प्रतिकित्तामा पाउँदै आएको छ ।

बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन हुन थाले न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्ने व्यवस्था स्वत्तः लागू हुनेछ र विस्तारै १० कित्ते प्रावधान हट्दै जानेछ । नेपाल धितोपत्र बोर्डले पनि १० कित्ते प्रावधान हटाउनुपर्ने आवश्यकता महसुस गर्न थालेको छ र सोहीअनुसार गृहकार्य गरिरहेको छ । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरे अहिले संस्थाहरुले जारी गर्ने आईपीओ मूल्यभन्दा केही महँगो हुनेछ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार ५ वर्षमा विगत तीन वर्षदेखि नाफामा गएको र नेटवर्थको सीमा समेत भेट्टाएकाले बुक बिल्डङ प्रक्रियाबाट आईपीओ जारी गर्न पाउनेछन् ।

‘बुक बिल्डिङ विधि’ भन्नाले सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया भन्ने बुझिन्छ । यस विधिबाट आईपीओ जारी भएका कम्पनीहरुमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक बिल्डिङ निर्देशिका, २०७७ मा छ ।

यस विधिमार्फत सुरुमा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी गरिन्छ । बुक बिल्डिङमा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेहुन्छ त्यसैले पनि आईपीओ महँगो हुने गर्छ ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।