image

नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा चिनियाँ धेरै 

काठमाडौँ । नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । नेपालमा श्रम इजाजत स्वीकृति लिएर वा श्रम इजाजत नवीकरण गरेर काम गर्नेमा लगभग ७७ प्रतिशत चिनियाँ नागरिक छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्ष २०७७ /७८ को पहिलो आठ महिनामा ५७८ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ८५७ जनाले नवीकरण गरेका छन् । जसमध्ये झन्डै ७७ प्रतिशत चिनियाँ रहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक सनत केसीका अनुसार चीन सरकारको सहयोगमा सञ्चालित परियोजनामा ठूलो सङ्ख्यामा चिनियाँ नागरिक कार्यरत छन् । त्यस्तै टेलिकम्युनिकेसन, हवाई सेवालगायत सेवा क्षेत्रमा इजाजत लिने विदेशी श्रमिकको सङ्ख्या ठूलो छ । नेपालमा श्रम स्वीकृति काम गर्नेमा चिनियाँपछि भारतीय रहेको विभागले जनाएको छ ।

श्रम विभागले आर्थिक वर्ष २०६९/७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो । आव २०६९/७० देखि चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म नयाँ श्रम इजाजत र नवीकरण गर्ने १४ हजार ६८४ जना रहेका छन् ।

अस्ट्रेलिया, बङ्गलादेश, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, पाकिस्तान, साइबेरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, बेलायत, अमेरिकालगायत ८७ मुलुकका नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।