नेपाल भित्रिदै जावाको पेराक बाइक, कति पर्छ मूल्य
काठमाडौँ । जावाको पेराक बाइक नेपाली बजारमा आउने भएको छ । आधिकारिक वितरक अग्नि मोटोइंकले सो बाइक मार्च महिनामा नेपाल भित्र्याउने तयारी गरेको हो ।
दोस्रो विश्वयुद्धका समयमा फ्रान्सको पेरिसमा भएको मोटर शोमा पेश गरिएको पेराक बाइकको नाममा जावा पेराक बाइक ब्राण्ड गरिएको हो । उक्त बबर स्टाइल बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । त्यस्तै, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ ।
उक्त बाइकको इन्जिनमा ६ स्पिड गियरबक्स छन् । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार समेत उक्त बाइकमा उपलब्ध छ ।
उक्त बाइकको मूल्य नेपाली बजारमा ७ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।