image
image

१९०८ अंकमा ओर्लियो नेप्से, कारोबार रकम १ अर्ब पनि पुगेन

काठमाडौँ, १६, चैत्त । साता कारोबारको अन्तिम दिन बिहीबार बजारको परिसूचक नेप्से १९०८ अंकमा झरेको छ । यस दिन १०.८ अंकले नेप्से घटेको हो । घटेको बजारमा कारोबार रकम पनि खुम्चिएको छ । दिनभर जम्मा ८९ करोड ९५ लाख रुपैयाँ बराबरको मात्रै धितोपत्र कारोबार भयो ।

४९ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ९ को स्थिर रहृयो । बैंकिङ ५, विकास बैंक १५, फाइनान्स १६, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन ३४, माइक्रोफाइनान्स ३२, अन्य १६ र व्यापार उपसमूह ४ अंक घटे । होटल तथा पर्यटन उपसमूह भने १५ अंक बढ्यो । सुपरमाइ हाइड्रोपावरको मूल्य १० तथा कालिन्चोक दर्शनको ६ प्रतिशत बढ्यो । त्यस्तै आदर्श लघुवित्तको ६ र जल्पाको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, एनआईसी एसिया बैंक र नबिल बैंक त्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।