image
image

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

काठमाडौँ, १५, चैत्त । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई आजदेखि स्वास्थ्य परामर्श सेवा (टेलिमेडिसिन सेवा) दिने भएको छ । वैदेशिक रोजगार बोर्डकाअनुसार आजदेखि वैदेशिक रोजगारीमा रहेका श्रमीकलाई पूर्ण रुपमा निःशूल्क स्वास्थ्य परामर्श सेवा दिइनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत महिना टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै चैत १५ गतेबाट यो सेवा सुरु हुने जनाएको थियो । जसअनुसार आज बिहान १० बजेबाट श्रमीकका लागि टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ ।

बोर्डकाअनुसार सार्वजनिक विदाका दिन बाहेक नेपाली कार्यालय समयअनुसार सेवा प्रवाह हुनेछ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइवर, ह्वाट्सएप वा इमोलगायतका सामाजिक सञ्जालबाट फोन गरेर सेवा लिन सक्नेछन् ।

श्रमिकका लागि उपलब्ध गराइने यो सेवाका लागि सम्पर्क गर्दा मेडिकल अधिकृतले फोन उठाएर विमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने सचिवालयका प्रवक्ता तथा सूचना अधिकारी राजन पौडेलले बताएका छन् ।

उनकाअनुसार विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको हो ।

सेवा लिने श्रमिकको प्रेस्कृप्सन अनलाइनमार्फत उपलब्ध गराइने र यसको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने भएकाले यो सम्पूर्ण सेवा निःशूल्क रहने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।