image
image

१२ अंकले बढ्यो नेप्से, एक अर्ब ४४ करोड बढीको कारोबार

काठमाडौँ, १४, चैत्त । सेयर बजार मंगलबारको कारोबार सकिँदा १२.१० अंकले बढेको छ। करिब १ अर्ब ४४ करोड ३७ लाख बढीको कारोबार हुँदा उक्त अंकले बजार बढेर नेप्से १९१८ मा पुगेको छ।

मंगलबारको कारोबार सकिँदा १४२ कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ र ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

मंगलबार धेरै कमाउनेमा सुपर माइ हाइड्रो रहेको छ, जसको १० प्रतिशतले मूल्य बढेको छ। यस्तै सिर्जनशील लघुवित्त, एसियन हाइड्रो पावर, महिला लघुवित्त र नेरुदा लघुवित्त पनि बढ्नेमा रहेका छन्। धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी, मित्तेरी विकास बैंक र बेस्ट फाइनान्स कम्पनी रहेका छन्।

त्यस्तै उपसमूहतर्फ धेरै कमाउनेमा लघुवित्त रहेको छ। लघुवित्त ११५ अंकले बढेको छ। त्यस्तै, अन्य उपसमूहमा उत्पादन क्षेत्र ७६ अंकले, जीवन बीमा उपसमूह ३४ अंकले, होटल तथा पर्यटन क्षेत्र १३ अंकले वृद्धि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।