image
image

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?

काठमाडौँ, १३, चैत्त । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार तोलाको एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला दुई सय रुपैयाँले नै घटेर तोलाको एक लाख आठ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार चार सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य एक हजार एक सय ६६ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।