image

फागुन महिनामा २ करोडको काजु भित्रियो

काठमाडौँ, १२, चैत । चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।

विभागले प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्नेगर्छ । यसअनुसार ७ महिना (माघसम्म)मा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । जबकी, फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ । 

फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।