image
image

वाणिज्य बैंकमा ४ दिनमै १० अर्ब घट्यो निक्षेप

vकाठमाडौँ, ७, चैत्त । उद्योगी व्यवसायीको ब्याजदरविरोधी प्रदर्शन चलिरहेका बेला वाणिज्य बैंकको कर्जा र निक्षेप दुवै घटेको छ । वाणिज्य बैंकहरुको निक्षेप ४ दिनमा १० अर्ब र कर्जा ४ अर्बले घटेको हो ।

मंगलबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रहेकोमा शनिबार ४७ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ दिनमा घटेर ४२ खर्ब ७५ अर्बबाट ४२ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कुल निक्षेप ५४ खर्ब १३ अर्बबाट ५४ खर्ब ४ अर्बमा झरेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब १७ अर्बबाट ४८ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ ।

कर्जा-निक्षेप (सीडी) अनुपात यो अवधिमा सामान्य बढेको छ । मंगलबार ८५.६ प्रतिशत रहेको कर्जा-निक्षेप अनुपात शनिबार ८५.७१ प्रतिशत भएको छ । कर्जा प्रवाहको अनुपातमा निक्षेप धेरै घटेपछि सीडी सामान्य बढेको देखिएको हो ।

एक साताभित्र ब्याजदर घटाउने प्रधानमन्त्रीको आश्वासनपछि फागुन ३० देखि उद्योगी-व्यवसायीले आन्दोलन स्थगन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।