image
image

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ६, चैत्त । सोमबार सुन-चाँदीको मूल्य घटेको छ ।आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । गत फागुनमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड राखेको थियो ।

उक्त सुनको मूल्यको रेकर्ड ब्रेक गर्दै आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । तर, सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएकोमा सोमबार १३ सय ३० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।