image
image

खाना पकाउने ग्याँसको खपत घट्दै

काठमाडौँ, ६, चैत्त । पछिल्लो समय खाना पकाउने ग्याँसको खपत निरन्तर घट्दो छ ।

 पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलो प्रयोग गर्नेहरु बढेसँगै खाना पकाउने एलपी ग्याँसको खपत घटेको हो ।

नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म तीन लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा दुई लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँसमात्रै खपत भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो ।

यसभन्दा अघिल्ला वर्षहरुमा खाना पकाउने ग्याँसको खपत निरन्तर बढीरहेको भए पनि यसवर्ष भने खपत घटेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ग्याँसको खपत घटेको हुनसक्ने निगमले जनाएको छ। 

निगममा गत आर्थिक वर्षको साउन महिनामा ३८ हजार मेट्रिक टन ग्याँस आयात भएकोमा यस वर्ष साउन महिनामा ४१ हजार ४ सय ७० मेट्रिकटन एलपीजी ग्याँस आयात भएको छ । भदौ, असोज, कार्त्तितक मंसीर र पुस महिनामा अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा ग्याँस आयात घटेको छ । अघिल्लो वर्ष भदौ महिनामा ४४ हजार ९१० मेट्रिक टन आयात भएकोमा चालु आवको भदौमा झन्डै २५ मेट्रिक टनले कमी भएर ४२ हजार ४ सय २ मेट्रिकटन मात्रै ग्याँस आयात भएको निगमले जनाएको छ ।

निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।