image
image

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

काठमाडौँ, ५, चैत्त । सिटिजन लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को जीवन बीमाकोषको बीमाङंकीय मूल्याङकन प्रतिवेदन बीमा प्राधिकणबाट फागुन २९ गते स्वीकृत भए अनुसार नयाँ बोनसदर घोषणा गरेको जनाइएको छ ।

हाल कम्पनीले ६ वटा जीवन बीमा पोलिसी बिक्री गर्दै आएको छ । बोनसमा न्युनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत प्रतिहजार ४४ देखि ५५ रुपैयाँसम्म बोनसदर रहेको छ । १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर रहेको छ ।

यस्तै सावधिक (रेगुलर) जीवन बीमालेख अन्तर्गत ३८ देखि अधिकतम ७३ रुपैयाँ बोनसदर रहेको छ । बीमितहरुले ९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँ बोनस पाउनेछन् । ३० वा सोभन्दा बढी अवधिका लागि भने ७३ रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेख अन्तर्गत ३५ देखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्ष अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस दिने जनाएको छ ।

कम्पनीले सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख अन्तर्गत ४२ रुपैयाँदेखि ६५ रुपैयाँ बोनस दिने भएको छ । बीमितले १० देखि १४ वर्ष अवधिसम्मका ४२ रुपैयाँ, १५ देखि १९ वर्षको ४५ रुपैयाँ, २० देखि २४ वर्षको ५० रुपैयाँ र २५ देखि २९ वर्षका ६५ रुपैयाँ बोनसदर पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत कम्पनीले २५ देखि २८ रुपैयाँ बोनसदर दिने भएको छ । ९ वर्षका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ, २० देखि २४ वर्षका लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ ।

यस्तै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी बीमा योजना)अन्तर्गत न्यूनतम ३७ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्मका लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।