image
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ, ५, चैत्त । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  

आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।  यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।