image
सात महिनामा विदेशबाट साढे ४१ करोड रुपैयाँको काजु आयात

सात महिनामा विदेशबाट साढे ४१ करोड रुपैयाँको काजु आयात

काठमाडौँ, ५, चैत्त । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो । यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ । काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विदेशबाट १ अर्ब १७ करोड रुपैयाँको काजु आयात गरेको थियो । उक्त अवधिमा नेपालमा १४ लाख किलोग्राम काजु भित्रिएको थियो । यस्तै, यसबापत राज्यले ३७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त अवधिमा नेपालमा सबैभन्दा धेरै चीन, भारत, नाइजेरिया, सिंगापुर लगायतका देशबाट काजु आयात भएको थियो । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु आयात हुँदा मोजाम्बिकेबाट २५ करोड रुपैयाँको काजु आयात भएको थियो ।

यस्तै, भियतनामबाट २६ करोड ८३ लाख रुपैयाँको र नाइजेरियाबाट ११ करोड ६० लाख रुपैयाँको काजु आयात हुँदा चीनबाट १५ लाखको काजु भित्रिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।