image
image
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५, चैत्त । नेपाल राष्ट्र बैंकले साताको पहिलो कारोबार दिन आइतबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ । 

आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा तोकिएको छ।  

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६० रुपैयाँ ६९ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा,  क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १० पैसा र बिक्रीमा ९६ रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको छ।

 यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

उता, कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३ पैसामा किनबेच हुनेछ ।

12-41679188669.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।