शनिबारको दृश्यले सर्वसाधरण बने अचम्मित
काठमाडौँ, ५, चैत्त । शनिबारको दृश्यले सर्वसाधरण अचम्मित बनायो । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिबार काठमाडौँमा रहेको वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै गाडिहरुको ताति, सुरक्षाकर्मीको बाक्लो उपस्थिति विना नै उनि त्याहाँ पुगेका थिए । तामझाम विना नै अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा त्याहाँका सर्वसाधारणले त उनी आएको सुईको सम्म पाएनन् र राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन पनि सकिरहेका थिएनन् ।
यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले धेरै दुःख पाउने गरेका थिए । राष्ट्रपतिका लागि सडक खाली गराउँदा बिरामीले आफ्नो ज्यान नै गुमाउनु परेको थियो र जनताले लामो समयसम्म जामको सास्ती खेप्नुपर्थ्यो । त्यही भएर पौडेलले राष्ट्रपति हुनुअघि नै आफूले त्यो परम्परा तोड्ने वाचा गरेका थिए । आज उनले सो वाचा पूरा गरेर पनि देखाए ।