image
पारदर्शी बन्दै वैदेशिक रोजगार प्रक्रिया : रोजगारदातालाई विभागको सिस्टममा ‘एक्सेस’

पारदर्शी बन्दै वैदेशिक रोजगार प्रक्रिया : रोजगारदातालाई विभागको सिस्टममा ‘एक्सेस’

काठमाडौँ, ३, चैत्त । गन्तव्य देशका रोजगारदातालाई वैदेशिक रोजगार विभागले आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली) मा ‘एक्सेस’ अर्थात् पहुँच दिएको छ ।

पहिले रोजगारदाताले नेपालबाट कामदारको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपथ्र्यो । त्यो प्रक्रिया रोजगारदाताहरुको लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो । यस्तै भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो । यसले प्रक्रिया थप पारदर्शी हुने बताइएको छ ।

नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले पनि एफईआईएमएसमा रोजगारदातालाई प्रवेश दिनुपर्ने माग राख्दै आएका थिए । एफईआईएमएसमा रोजगारदाताहरुले आफूलाई नेपालबाट के कामको लागि कति जना श्रमिक चाहिए भनेर माग राख्नेछन् । त्यही अनुसार दूतावासले बाँकी प्रक्रिया अगाडि बढाउनेछ । विभागको यस सिस्टममा नेपालका म्यानपावर व्यवसायीहरुको पनि एक्सेस छ । कम्पनीहरुले पनि ती मागहरु सोझै हेर्न सक्नेछन् । 

यसले श्रमिक भर्ना प्रक्रियालाई सहज बनाउने विभागले जनाएको छ । माग प्रमाणीकरणसम्बन्धी थप प्रक्रियाबारे बुझ्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न रोजगारदाताहरुलाई विभागले आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।