image

पाँचतारे होटल सोल्टीले माग्यो कर्मचारी

काठमाडौँ, ३, चैत्त । पाँचतारे होटल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ ।

कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ पदमा समेत आवेदन मागेको छ । सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र २ देखि ४ वर्षको अनुभव हुनुपर्ने गरी कम्पनीले शर्त तोकेको छ ।

कम्पनीले आइटी एक्जुकेटिभ/अफिसर पदमा समेत आवेदन मागेको छ । सम्बन्धित फिल्डमा ग्राजुयट गरेको र अधिकतम २ वर्षसम्मको अनुभव भएकाले यस पदमा आवेदन दिन सक्ने भएका छन् ।

कम्पनीले हाउसकिपिङ एक्जुकेटिभमा समेत आवेदन मागेको छ । कम्पनीका अनुसार सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र ४ वा ५ तारे होटलमा ३ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ । २४ मार्चसम्म ‘एचआरएटसोल्टीडटकम’मा आफ्नो सीभी इमेल गरी आवेदन दिन सकिने होटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।