image
एकै दिन बैंकिङ प्रणालीबाट बाहिरियो ११ अर्ब निक्षेप

एकै दिन बैंकिङ प्रणालीबाट बाहिरियो ११ अर्ब निक्षेप

काठमाडौँ, ३, चैत्त । बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ११ अर्ब रुपैयाँले घटेको छ । प्रणालीमा निक्षेप ११ अर्बले घटेको छ भने कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ ।

राष्ट्र बैंककाअनुसार फागुन ३० गतेसम्म ५४ खर्ब १३ अर्ब रहेको निक्षेप चैत १ गते ११ अर्बले घटेर ५४ खर्ब २ अर्ब रहेको छ । राष्ट्र बैंकका अनुसार निक्षेप एक दिनमा ११ अर्बले घट्दा वाणिज्य बैंकको मात्रै १२ अर्ब रुपैयाँले घटेको छ । फागुन मसान्तमा ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेको निक्षेप चैत १ गते ४७ खर्ब ६१ अर्ब रहेको छ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा भने ६ खर्ब ४० अर्ब बाट बढेर ६ खर्ब ४१ अर्ब पुगेको छ ।

यता कर्जा प्रवाह ४८ खर्ब १७ अर्बबाट घटेर ४८ खर्ब १२ अर्ब रहेको छ । एकै दिनमा ५ अर्बले कर्जा प्रवाह घटेको छ । वाणिज्य बैंकको मात्रै कर्जा प्रवाह घटेको हो । फागुन ३० गते ४२ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह चैत १ गते ४२ खर्ब ७० अर्ब रहेको छ ।

बैंकमा चैत १ गतेसम्म कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ८५.६९ प्रतिशत पुगेको छ । जुन फागुन मसान्तमा ८५.६० प्रतिशत रहेको थियो । यस्तै अन्तर बैंक ब्याज ७ प्रतिशतबाट बढेर ७.०१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।