image
image

नेपाल इन्भेष्टमेन्ट बैंकको आफ्नै डिजिटल वालेट 'थैली' सार्वजनिक

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै डिजिटल वालेट 'थैली' सार्वजनिक गरेको छ। बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गर्दै बैंकले वालेट संचालनमा ल्याएको हो। 

राष्ट्र बैंकले गत साता विद्युतीय कारोबारको सीमासँगै सहजीकरण गरेपछि थैली सार्वजनिक गरिएको बैंकले जनाएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको मोबाइल मनि वालेट एप थैलीबाट ग्राहकहरुले पैसा पाउन, पठाउन, ब्यालेन्स इन्क्वायरीलगायतका सेवा रहेको जनाएको छ। 

थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप भएको बैंकले जनाएको छ। थैलीले मोबाइल एपसँगै वेब पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। इन्भेष्टमेन्ट बैंकका ग्राहकहरुले थैली वालेटमा सोझै आफ्नो खाता लिंक गरी शुन्य शुल्कमा सेवा लिन सक्ने छन । थैलीबाट विभिन्न प्रकारका मान्छेबाट मान्छे (पीटूपी) फन्ड ट्रान्फर, एजेन्ट नेटवर्कबाट क्यास इन वा आउट गर्न सक्ने सुविधा रहेको बताइएको छ।

थैली एपसँगै इन्भेष्टमेन्ट बैंकले नयाँ ऋण प्रडक्ट 'थैली ओभरड्राफ्ट' सेवा पनि सार्वजनिक गरेको जनाएको छ। थैली ओभरड्राफ्टको प्रयोग गरी किराना पसल, मर्चेन्ट र साना तथा मझौला कम्पनीहरुलाई ऋण तथा ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ।
   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।