नेपालमा बिक्री हुने अधिकांश भारतीय गाडीको मूल्य बढ्यो
काठमाडौं। भारतमा उत्पादन भएर नेपालमा बिक्री हुने सबै गाडीको मूल्य बढेको छ। भारत स्ट्यान्डर्ड (विएस) ६ मापदण्ड अनुसार गाडी उत्पादन गर्दा लागत बढेको भन्दै मूल्य बढेको हो।
यसअघि भारतमा विएस-४ मापदण्ड चलिरहेको थियो। यो मापदण्डले गाडीबाट निसक्ने प्रदुषण कम गर्छ।उत्पादक कम्पनीले मूल्य बढाएपछि विभिन्न गाडीका नेपालका आधिकारिक बिक्रेताले नयाँ खुद्रा बिक्री मूल्य (एमआरपी)तोकेका छन्। विभिन्न कम्पनीले मंगलबार सार्वजनिक गरेको एमआरपी अनुसार न्यूनतम ५० हजार रुपैयाँ मूल्य वृद्धि भएको छ।
नयाँ मूल्य अनुसार फोर्ड गाडीको ६ वटा मोडलमध्ये फ्रि स्टाइल १.२ टाइटानियम'को मूल्य बढेको छ। फोर्ड गाडीको नेपालको अधिकृत बिक्रेता गो फोर्डका संचालक आकाश गोल्छाले फ्रि स्टाइल १.२ टाइटानियमको मूल्य ५० हजार रुपैयाँ मूल्य बढेको जानकारी दिए। यो गाडीको मूल्य अब ३४ लाख ९० हजार रुपैयाँ निर्धारण भएको छ।
निशान गाडीको आधिकारीक विक्रेता कम्पनी पायोनियर मोटो कर्पले टर्बो सेग्मेन्ट अन्तर्गत दुईवटा मोडलको गाडीमा ६० हजार रुपैयाँ वृद्धि भएको छ। कम्पनीका अनुसार मूल्य वृद्धि भएसँगै किक्स टर्बो भेरियन्टको सुरुवाती बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। भने म्याग्नाइट अन्तर्गत टर्बो भेरियन्टको सुरुवाती बजार मूल्य ३६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, टोयोटा गाडीको आधिकारीक विक्रेता कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेटले आठ वटा मोडलको गाडीमध्ये एउटा गाडीको मूल्य बढाएको छ। कम्पनीले भारतबाट आयात भएको फर्चुनरको मूल्य बढाएको महाप्रवन्धक महेश कुमार एमले बताए।
'फर्चुनर भारतबाट आयात हुने गर्छ। पछिल्लो समय भारतमा बिएस ६ मापदण्ड अन्तर्गतको इन्जिन जडान भएसँगै यो गाडीको पनि मूल्य बढेको छ,’ उनले भने, ‘थाइल्याण्ड, जापान र इण्डोनेसियाबाट आयात हुने हाइलक्स, कोरोला क्रस, र्याभ फोर, प्राडो, लयाण्ड क्रुजर, रस लगायतका गाडीको मूल्य यथावतै छ।' उनका अनुसार फर्चुनर अटोमेटिक ट्रान्समिसन सेग्मेन्ट गाडीको मूल्य ३१ लाख रुपैयाँले बढेको छ।
अटोमेटिक ट्रान्समिसन सेग्मेन्टको गाडीको मूल्य २० लाख रुपैयाँले बढेको छ। नयाँ मूल्यसूची अनुसार फर्चुनर अटोमेटिकको दुई करोड ६० लाख रुपैयाँ र अटोमेटिक ट्रान्समिसनको एक करोड ९३ लाख रुपैयाँ निर्धारण गरिएको छ। टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले एक साता अघि विएस ६ मापदण्ड अन्तर्गतका पाँचवटा मोडलका गाडी सार्वजनिक गरिसकेको छ।
कम्पनीले नयाँ मूल्य सहित बिएस ६ मापदण्ड अन्तर्गतका टियागो, टिगोर, नेक्सन, अल्ट्रोज, एचफाइभ लगायत गाडी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यी गाडीमा न्यूनतम दुई प्रतिशतले मूल्य बढेको छ। कम्पनीका अनुसार यी गाडीहरुको नयाँ बजार मूल्य टियागोको २८ लाख रुपैयाँ, टिगोरको ३२ लाख रुपैयाँ, नेक्सनको ३९ लाख ९५ हजार रुपैयाँ, अल्टोजको ३५ लाख ५० हजार रुपैयाँ, एचफाइभको ८४ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ।
हुण्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विभिन्न मोडलको गाडीमा न्यूनतम ६० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँ सम्म मूल्य बढेको जनाएको छ। कम्पनीले विक्री गर्दै आएको सातवटा मोडल मध्ये तीनवटा गाडीको मूल्य बढेको हो। कम्पनीका अनुसार ग्राण्ड स्यान्ट्रो, ग्राण्ड आइ-१० नियोस, न्यू क्रेटा लगायत तीन मोडलका गाडीको मूल्य बढेको छ।
स्यान्ट्रो र ग्राण्ड आइ-१० को मूल्य ६० हजार रुपैयाँले बढेको कम्पनीका महाप्रवन्धक रुपेश शर्मा भट्टले बताए। उनका अनुसार न्यू क्रेटाको बजार मूल्य एकदेखि दुई लाख रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार स्यान्ट्रोको मूल्य २४ लाख ५६ हजार रुपैयाँ, ग्राण्ड आइ-१०को मूल्य ३१ लाख ५६ हजार रुपैयाँ, न्यू क्रेटाको ४७ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।