एक साता पछि बङ्गलादेश जाँदै राष्ट्रपति भण्डारी
काठमाडौँ ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेश भ्रमण तय भएको हो ।
बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री समेत भ्रमणमा जाने तयारी भईरहेको छ ।
त्यस्तै भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन हुनेछ । नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्नु हुनेछ । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।