image
image

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि

काठमाडौँ, २५, माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

उच्चस्तरीय बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न आज बिहान उनको निवास बालकोट गएका थिए । ओली उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत हुन् ।

सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ,’ बालकोटबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले भने ।

सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति छानिनुपर्ने बताइरहेका छन् ।

यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् ।

गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो ।

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रले सरकार सञ्चालनमा आवश्यकताअनुसार सुझाव तथा मार्गनिर्देश गर्न सक्ने नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।