image

घट्यो एउटा बैंकको एटीएमले अर्कोबाट पैसा निकाल्दा लाग्ने शुल्क

काठमाडौँ, १७, माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा लाग्ने शुल्क घटाएको छ ।

यस्तो शुल्क यसअघि २० रुपैयाँ रहेकामा अहिले संशोधन गरेर ५ रुपैयाँले घटाउँदै १५ मात्रै लाग्ने व्यवस्था गरेको छ ।

कुनै पनि सेवाग्राहीले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा अब एक पटकमा बढीमा १५ रुपैयाँ मात्रै तिरे पुग्छ । त्यो भन्दा बढी कुनै पनि बैंकले लिन पाउँदैन ।

‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रतिकारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ ।

राष्ट्र बैंकले सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले लिने अधिकतम शुल्क पनि निर्धारण गरेको छ । जसमा ५ हजारसम्मको प्रति कारोबार अधिकतम सेवा शुल्क ५ रुपैयाँ, ५ हजार १ देखि १० हजारसम्म ८ रुपैयाँ र १० हजार १ देखि माथी १० रुपैयाँ लाग्ने छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोवाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङ्गमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।