image
image

साँझसम्म गृहमन्त्रालय नदिए सरकारबाट बाहिरिने रास्वपाको तयारी

काठमाडौँ, १७, माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि लामिछाने बालुवाटार पुगेका थिए ।

नागरिकता मुद्दाका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका लामिछानेले आइतबारनै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: प्राप्ति गरेका थिए ।

रास्वपाले गृहमन्त्रालय आफूहरुको भागमा परेको भन्दै दाबी गरिरहेको छ तर प्रधानमन्त्री प्रचण्ड भने तत्काल उक्त मन्त्रालय रास्वपालाई नदिने मनस्थितिमा रहेको समाचारहरु सार्वजनिक भएको छ । तर, रास्वपाले भने सहमति अनुसारको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आजको भेटमा प्रधानमन्त्री प्रचण्डसँग गृहमन्त्रालयको विषयमा कुराकानी भएको र साँझसम्म गृह नदिए रास्वपा सरकारबाट बाहिरिन सक्ने स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।