विद्युतीय राहदानी बनाउन अनलाइन बुकिङ खुला
काठमाडौँ, १७, माघ । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक १५ सयका दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउने छन् । हरेक दिन १५ सयले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ ।
अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ । विभागले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।