यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६, माघ । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशि मुद्राको विनिमय दर तोकेको छ ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ १४ पैसा र बिक्रीमा १३० रुपैयाँ ७४ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा,युके पाउन्ड स्टर्लिङ १६१ रुपैयाँ ३६ पैसा र बिक्रीमा १६२ रुपैयाँ १० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ८८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ २ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ६६ पैसा र बिक्रीमा ३० रुपैयाँ ८० पैसा, कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६३ पैसा रहेको छ ।