image
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौँ, ११, माघ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज हिजो मंगलबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।