image
८ अंकले बढ्याे सेयर बजार, फाइनान्समा देखियाे आकर्षण

८ अंकले बढ्याे सेयर बजार, फाइनान्समा देखियाे आकर्षण

काठमाडौँ, १०, माघ । आज (मंगलबार) नेप्से परिसूचक बढेर बन्द भएकाे छ । बढेकाे बजारमा फाइनान्स कम्पनीमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ । 

कूल २४८ वटा कम्पनीकाे ८३ लाख एक सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३२ लाख ३० हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । 

आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड ९१ लाख ७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४८ प्रतिशतले घटेर ५ सय ९ रूपैयाँमा झरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।