image
सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, हालसम्मकै उच्च

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौँ, १०, माघ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। आज (मंगलबार) सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनकाे मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएकाे छ। 

अघिल्लाे दिनकाे तुलनामा याे मूल्य प्रतितोला १ हजार रुपैयाँले बढी हो। यसअघि सोमबार सुनकाे मूल्य १ लाख ५ हजार ३ सय रुपैयाँ रहेकाे थियाे।

यसअघि सुनकाे मूल्य सबैभन्दा बढी प्रतितोला १ लाख ५ हजार ५ सयसम्म पुगेको थियो। गत वर्षकाे फागुन २५ गते सर्वाधिक उच्च रहेकाे सूनकाे मूल्यकाे रेकर्ड आज ताेडिएकाे हाे।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।