image

वैदेशिक व्यापार : ६ महिनामा ७ खर्ब ९२ अर्बको आयात

काठमाडौँ, १०, माघ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनादेखि पुुस महिनासम्ममा उक्त मूल्य बराबरको आयात भएको हो । गत आर्थिक वर्षको यही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको आयात भएको थियो । जुन, यो वर्षको तुलनामा २०.६८ प्रतिशतले बढी हो 

यस्तै, चालू वर्षको यस अवधिमा ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको तुलनामा ३२.०१ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्षको यहि अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । नेपालको निर्यात र आयात दुवै घटेपछि वैदेशिक व्यापार समेत खुम्चिएको छ । गत आर्थिक वर्षको ६ महिनामा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यसमा २१ प्रतिशतको गिरावट आएसँगै चालू वर्षमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा २ खर्ब ४५ अर्ब रुपैयाँको गिरावट हो ।

यसैगरी, नेपालको वैदेशिक व्यापार घाटामा समेत उल्लेख्य सुधार आएको छ । भन्सार विभागका अनुसार चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । जबकि, गत वर्षको यही अवधिमा वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । यो १ खर्ब ६८ अर्ब ६४ करोडले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।