ओरालो लाग्यो सुनको भाउ
काठमाडौँ, ४, माघ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुुन १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।