image
image

काठमाडौंबाट प्रदेश सर्दै वैदेशिक रोजगार कम्पनीका सञ्जाल

काठमाडौँ, २८, पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नागरिकको सुविस्ताका लागि सात वटै प्रदेशमा रोजगार विभागमार्फत अन्तिम स्वीकृति दिने व्यवस्था गरेसँगै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले उपत्यकाबाहिर शाखा विस्तार गर्न थालेका छन्।

विभागले वैदेशिक रोजगारका लागि गन्तव्य मुलुक जान अन्तिम स्वीकृति दिने व्यवस्था सात वटै प्रदेशमा गर्न थालेपछि म्यानपावर कम्पनीका शाखा विस्तारका लागि अनुमति दिएको हो। विभागको अनुमतिसँगै हालसम्म ५० वटा म्यानपावर कम्पनीले विभिन्न जिल्लामा शाखा विस्तार गरेका छन्। 

विभागका अनुसार केही वर्ष पहिले पनि यस्तो अनुमति दिने गरिएकामा जिल्लामा सञ्चालित म्यानपावर कम्पनीबाट ठगी बढेको र नियमनमा समस्या भएको देखिएपछि उनीहरूले खोलेका शाखा खारेज गरिएको थियो। अहिलेसम्म ५० वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् भने अरूले पनि यस्तो अनुमति माग गरिरहेको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।

उनका अनुसार दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेकाले विदेश पठाउने कम्पनीले जिल्लामा राखेका एजेन्ट खारेज गरी म्यानपावरका शाखा विस्तारको अनुमति दिएसँगै उपत्यकाबाहिर पुग्ने क्रम बढेको हो।

वैदेशिक रोजगार ऐनअनुसार म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्ने अनुमति दिएको उनले बताए। शाखा खोल्न ५ लाख धरौटी थप्नुपर्ने व्यवस्था छ। युवालाई रोजगारी अवसरबारे बुझ्न काठमाडौं आउनुपर्ने बाध्यता हटाउन उपत्यकाबाहिर शाखा विस्तार उचित विकल्प भएको संघका महासचिव सुजित श्रेष्ठको दाबी छ।    

विभागका अनुसार वैदेशिक रोजगार ऐनले गरेको व्यवस्थाअनुसार दर्ता भएर सञ्चालित ८७६ वटा म्यानपावर कम्पनीमध्ये १०० ले उपत्यकाबाहिर शाखा विस्तार गरिसकेका छन्। नियमअनुसार प्रत्येक म्यानपावर कम्पनीले एउटा प्रदेशमा एउटा मात्रै शाखा खोल्न पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।