image
image

कोरिया जाने कामदारको भिसा शुल्क ६ सय बढ्यो

काठमाडौँ, २२, पुस । ईपीएसमार्फत रोजगारीको लागि दक्षिण कोरिया जाने श्रमिकले पहिले तिर्दै आएको भिसा शुल्कमा केही रकम बढेको छ ।

नेपालमा रहेको दक्षिण कोरियाली दूतावासले अर्को महिनादेखि लागू हुने गरी भिसा शुल्कमा ६ सय रुपैयाँ बढाको ईपीएस कोरिया शाखाले जनाएको छ । पहिले ७ हजार २ सय रुपैयाँ शुल्क लिँदै आएकोमा अहिले बढेर ७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

श्रमिक भिसा जारी गरेको पुष्टिको प्रमाणपत्र (सीसीभीआई) फारम भर्ने व्यक्तिहरुले भिसा शुल्कसहित बुझाउनुपर्ने हुन्छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरको नाममा नेपाल बैंक लिमिटेड गावाहल, खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारमसहित बुझाउन पनि शाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।