image
image

वैदेशिक रोजगार न्यायाधिकरणमा निःशुल्क कानुनी सहायता

काठमाडौँ, २१, पुस । वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगारी कसुरसम्बन्धी मुद्दा भएकाले निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरिएको छ । न्यायाधिकरणले पैसा तिरेर कानुन व्यवसायी राख्न नसक्ने सेवाग्राहीको न्याय नमरोस् भनेर निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरेको हो । 

वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वरिष्ठ अधिवक्ता अभिनाशकुमार प्याकुरेलसहितको ५० जना अधिवक्ताको नाम र सम्पर्क नम्बरको सूची सार्वजनिक गरेको छ । 

न्यायाधिकरणले वैदेशिक रोजगार कसुर मुद्दाका असमर्थ पक्षले निःशुल्क रूपमा सेवा लिन सक्ने गरी सो व्यवस्था गरेको जनाएको छ । कानुनी भाषामा यस प्रकारको सेवालाई ‘प्रोबोनो’ सेवा भनिन्छ । न्यायाधिकरणका सूचना अधिकारी दुर्गादत्त लम्सालले प्रोबोनो अर्थात् निःशुल्क कानुनी सहायता लिनुपर्नेले न्यायाधिकरणमा सम्पर्क गरेमा यस प्रकारको व्यवस्था गरिने जानकारी दिनुभयो । 

उहाँका अनुसार न्यायाधिकरणमा दायर भएका वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका असमर्थ पक्षले अनुरोध गरेपछि मात्र सूचीकृत प्रोबोनो कानुन व्यवसायीमध्येबाट नाम छनोट गर्न लगाइनेछ । असमर्थ पक्षले छनोट गरेका कानुन व्यवसायीलाई उनीहरूको पक्षबाट प्रतिनिधित्व गर्न न्यायाधिकरणले नै लगाउने उहाँको भनाइ छ । 

सूचना अधिकारी लम्सालले न्यायाधिकरणमा प्रोबोनो सेवा गएको भदौदेखि गरिएको र यसमा क्रमशः सङ्ख्या थपिँदै गएको तर यस सेवाका लागि एउटै पनि निवेदन नपरेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।