image
image

वैदेशिक रोजगार बीमाशुल्क ७७.३६ प्रतिशले बढेर एक अर्ब नाघ्यो

 काठमाडौँ, २०, पुस । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा वैदेशिक रोजगार बीमालेखबाट संकलन हुने बीमाशुल्क बढ्दै गएको छ।

नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट एक अर्ब ४३ करोड ९४ लाख ५२ हजार रुपैयाँ संकलन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ७७.३६ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आवको मंसिर महिनासम्ममा ८१ करोड १५ लाख ८२ हजार रुपैयाँ संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुमा वैदेशिक रोजगार बीमालेखको संख्या समेत बढेको छ । गत आवको सोही अवधिमा कम्ेपनीहरुमा वैदेशिक रोजगारका ६ लाख १० हजार २९४ वटा बीमालेख जारी भएका थिए ।

चालु आवको मंसिर महिनासम्ममा सो संख्यामा १०४ प्रतिशतको वृद्धि हुँदै १२ लाख नाघेको छ । मंसिरसम्ममा कम्पनीहरुमा वैदेशिक रोजगारका १२ लाख ४९ हजार ७६२ वटा बीमालेख जारी भएका छन् ।

सन नेपाल एक्लैले गर्यो ६१ करोड ६५ लाख संकलन

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १२ वटाले मात्रै वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) मा सक्रिय बीमालेखको संख्या ७ वटा रहेको छ । तर, उक्त बीमालेख जारी गरि संकलन हुने बीमाशुल्क भने प्राधिकरणको तथ्यांकमा उल्लेख छैन ।

बीमालेख जारी गरेको अन्य ११ कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा सन नेपाल लाइफ परेको छ । सन नेपालले यस अवधिमा ६१ करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा कम्पनीमा सक्रिय बीमालेखको संख्या ६ लाख ६३ हजार ८२१ वटा रहेको प्राधिकरणको तथ्यांक छ ।

सन नेपाल पछि वैदेशिक रोजगार बीमामा सूर्या लाइफको हिस्सा अन्य कम्पनीको तुलनामा धेरै छ । मंसिरसम्ममा सूर्याले वैदेशिक रोजगार बीमाबाट १८ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीमा सक्रिय बीमालेखको संख्या ९७ लाख ११ वटा रहेको छ ।

यस्तै, आइएमई लाइफले १३ करोड १२ लाख रुपैयाँ, ज्योतीले १२ करोड ९८ लाख, सानिमाले १२ करोड ५० लाख रुपैयाँ र सिटिजन लाइफले १० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आइएमई लाइफमा सक्रिय बीमालेखको संख्या ३३ हजार २९२, ज्योतीमा एक लाख ८७ हजार ७८ वटा, सानिमामा २९ हजार ३२८ र सिटिजनमा एक लाख ५२ हजार २४१ वटा रहेका छन् ।

नेपाल लाइफले ५ करोड ९७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ करोड ७४ लाख रुपैयाँ, नेशनल लाइफले एक करोड ७२ लाख रुपैयाँ, प्रभु लाइफले ८७ लाख रुपैयाँ र रिलायन्सले ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल लाइफमा बीमालेखको संख्या क्रमशः ४२ लाख १२, रिलायबलमा १४ हजार ४०, नेशनलमा २७ हजार ३५७, प्रभुमा २ हजार २२ र रिलायन्समा एक हजार ५५३ वटा रहेका छन् ।

बीमा प्राधिकरणले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरुबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरुको सहमतिअनुसार पुल प्रणालीमार्फत बीमालेख जारी हुँदै आएको थियो ।

बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका थिए ।

तर, बीमा समितिले यहि साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयबमोजिम सान महिनादेखि सबै बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरूले उक्त बीमालेख जारी गर्न सक्ने भएपनि १२ वटा कम्पनीले मात्रै बीमालेख जारी गरेको बीमा समितिले जनाएको छ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।