image
image

२३ जना कामदारसँग पैसा लिएर म्यानपावर कम्पनी फरार

काठमाडौँ, २०, पुस । वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया लगायत देशहरूमा पठाइदिने भनेर कामदारसँग प्रतिव्यक्ति २० हजारदेखि २ लाख रुपैयाँसम्म लिएर  एक म्यानपावर कम्पनी फरार भएको छ । 

काठमाडौंको वनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेडले कामदारहरूलाई कुवेत, कतार, साउदी, मलेसिया लगायत देशमा पठाइदिने भनेर ठगी गरी फरार भएको हो । उक्त म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी पनि परेको छ । 


म्यानपावरले ठगी गरेको भन्दै २३ जनाले विभागमा उजुरी दिएका हुन् । गोरखाका विष्णु नेपालीले कुवेतमा हाउस किपिङ कामका लागि भनेर ७० हजार रुपैया बुझाएको बताए ।  ‘यही बुधबार उडाउँछु’ भनेर सबै कामदारसँग पैसा लिएको भन्दै पीडितहरूले विभागमा उजुरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।