image
image

वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पैसा तिरेर वकिल राख्न नसक्नेले निःशुल्क कानुनी सहायता पाउने

काठमाडौँ, १९, पुस । वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दा परेका तर पैसा तिरेर वकिल राख्न नसक्नेहरूले निःशुल्क कानुनी सहायता लिन पाउने भएका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वकिलहरूको सूची सार्वजनिक गर्दै वैदेशिक रोजगार कसुर मुद्दाका असमर्थ पक्षले निःशुल्क रूपमा उनीहरूबाट सेवा लिन सक्ने जनाएको छ । यस्तो सेवालाई प्रोबोनो सेवा भनिन्छ ।

प्रोबोनो अर्थात् निःशुल्क कानुनी सहायता लिनका लागि सबैभन्दा पहिला वकिल राख्न नसक्ने असमर्थ पक्षले न्यायाधिकरणमा अनुरोध गर्नुपर्छ ।

न्यायाधिकरणमा दायर भएका वैदेशिक रोजगार सम्बन्धी मुद्दाका असमर्थ पक्षले अनुरोध गरेपछि मात्र सूचीकृत प्रोबोनो कानुन व्यवसायी मध्येबाट नाम छनौट गर्न लगाइने न्यायाधिकरणले जनाएको छ । असमर्थ पक्षले छनौट गरेका वकिललाई उनीहरूको पक्षबाट प्रतिनिधित्व गर्न न्यायाधिकरणले नै लगाउने छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।