image
image

वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ, १९, पुस । वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा धुलाबारी घर भइ अहिले काठमाण्डौको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको लाखौँ कमाइ हुने काम लगाइदिने भन्दै पीडितबाट एक लाख ७२ हजार रुपैयाँ लिएर फरार रहेका थिए ।

पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा भण्डारीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि भण्डारीलाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।