image
image

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य सहज बनाउने पहल

काठमाडौँ, १७, पुस । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ ।

सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ ।

टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका थिए । 

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातिको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।