image
image

पाँच महिनामा रोजगार विभागमा परे १ हजार १९० उजुरी

 काठमाडौँ, १५, पुस । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगिने क्रमले निरन्तरता पाइरहेको छ। विगत वर्षको तुलनामा चालू आवको मंसिर मसान्तसम्म वैदेशिक रोजगारमा ठगीका घटना बढेको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको हो।

विभागका अनुसार चालू आवको मंसिर मसान्तसम्म वैदेशिक रोजगारीमा ठगीका १ हजार १९० वटा उजुरी परेका छन्। विभागमा चालू आवको साउनदेखि मंसिर मसान्तसम्म इजाजतपत्र प्राप्त संस्थाबाट ठगिएको भन्दै ४१० उजुरी परेका छन्। त्यस्तै, इजाजतपत्र प्राप्त गरेबाहेकका संस्था तथा व्यक्तिबाट ठगिएको भन्दै ७८० उजुरी परेको विभागले विवरण सार्वजनिक गरेको छ। 

इजाजतपत्र प्राप्त संस्थाबाट ठगिएका ४१० उजुरीमा ६ करोड ५६ लाख ५९ हजार मागदाबीसहित विभागमा उजुरी दर्ता भएका छन्। तीमध्ये विभागले ६९ वटा उजुरीको १ करोड ४० लाख ८४ हजार क्षतिपूर्ति तिराएको छ भने ३ वटा उजुरीको ८ लाख ४६ हजार बराबरको मिलापत्र गराइएको छ। 

विभागमा इजाजतपत्र प्राप्त नगरेका संस्था तथा व्यक्तिले ठगी गरेको भन्दै ७८९ उजुरी परेका छन्। ती उजुरीमार्फत २८ करोड २३ लाख २० हजार क्षतिपूर्ति मागदाबी गरिएको छ । यी मध्ये १०१ वटा उजुरीमा विभागले मिलापत्र गराई ७ करोड १० लाख ६९ हजार क्षतिपूर्ति भराएको छ भने २७ वटा उजुरी वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरिएको छ। यसबाट ९ करोड ४७ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। 

मंसिर मसान्तसम्ममा विभागले २२ वटा इजाजतपत्र प्राप्त संस्था र ४४ वटा अभिमुखीकरण संस्थाको नियमित तथा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा नियम विपरित गतिविधि गरेको पाइएका ६ वटा संस्था र २२ वटा अभिमखीकरण संस्थालाई वैदेशिक रोजगार ऐनबमोजिम तत्कालका लागि बन्द गरिएको विभागले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।