image
image

मलेसियामा बढेको न्यूनतम तलब जुलाईदेखि लागू हुने

काठमाडौँ, १४, पुस । ५ जनाभन्दा कम श्रमिक भएका मलेसियाका कम्पनीहरूले बढेको आधारभूत पारिश्रमिक सन् २०२३ को जुलाईदेखि मात्र लागू गर्न त्यहाँकाे मानव संशाधन मन्त्रालयले जनाएको छ ।

विभिन्न सरोकारवाला निकायसँगको २ पक्षीय छलफलका आधारमा यो निर्णय गरिएको मलेसिया सरकारले जनाएको छ । मलेसिया सरकारले ५ जनाभन्दा कम श्रमिक भएका कम्पनीलाई छुट दिँदै जुलाईदेखि बढेको आधारभूत परिश्रमिक दिँदा हुने निर्णय गरेको हो  ।

कोरोना महामारीलगायत कारण आर्थिक संकट झेलिरहेका साना कम्पनीका लागि मलेसियन सरकारले २०२३ को जनवरी १ देखि श्रमिकको पारिश्रमिक बढाउनुपर्ने भनेको थियो । तर फेरि ६ महिना समय थप गर्दै जुलाईदेखि मात्र बढेको न्यूनतम पारिश्रमिक लागू गर्न भनेको हो । 

मलेसियामा गएको मे महिनादेखि नै न्यूनतम तलब बढेर १५ सय मलेसियन रिंगिट लागू भएको छ । ५ जनाभन्दा बढी श्रमिक भएका कम्पनीले भने मे १ गतेदेखि नै यो नियम कार्यान्वयन गरिसकेका छन् ।

जुलाईअघिसम्म ५ जनाभन्दा कम श्रमिक भएका रोजगारदाताले ११ सयदेखि १२ सय रिंगिट तलब दिनुपर्नेछ । तर ५ जनाभन्दा बढी श्रमिक भएका रोजगारदाताले भने १५ सय रिंगिटभन्दा कम तलब दिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।