image
image

वैदेशिक रोजगारमा जाने कामदारलाई नाम मात्रको तालिम

काठमाडौँ, १३, पुस ।  वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले अभिमुखीकरण तालिम अनिवार्य लिएर मात्र जान आग्रह गरेको छ ।

अभिमुखीकरण तालिम नलिई गएका कामदार रोजगारदाता देशमा समस्यामा पर्ने, घाइते हुने र मृत्युसम्मका समस्या बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नहुँँदा तालिम नाम मात्रको भएको विभागले बताउँदै आएको छ । 

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकन्त आचार्यले जानकारी दिए । 


अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको गुनासो आएपछि विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको उनले बताए । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनुपर्ने भए पनि यसअनुसार नभएको पाइयो’, उनले भने, ‘वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम नाम मात्रको गरेको पाइयो । अनुगमनका क्रममा धेरै कमजोरी देखियो । अब त्यस्ता संस्थालाई कारवादी हुँदै छ ।’


वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अभिमुखीकरण तालिम अनिवार्य हो । त्यसका कारण पनि सबैले तालिम लिएर मात्र विदेशिन उनको आग्रह छ । वैदेशिक रोजगारीमा जाने कामदारले ३ दिने अभिमुखिकरण तालिम लिनुपर्ने कानुनी व्यवस्था छ । तर, तालिम सञ्चालन गदै आएका संस्थाले विदेशिने कामदारसँग रकम लिएर तालिम दिएको प्रमाणपत्र दिने गरेको विभागले जनाउँदै आएको छ । 

विभागले १५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी वैदेशिक रोजगारीमा जाने कामदारलाई दिएको तालिमको प्रमाण पेश गर्ने अभिमुखीकरण तालिम प्रदायकहरूलाई भनेको छ । अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समयभित्रै अनलाइनमार्फत् सुरु गरिने पनि विभागले जनाएको छ ।


अहिले देशभरबाट २ सयभन्दा धेरै अभिमुखीकरण तालिम प्रदायकहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिदै आएका छन् ।  वैदेशिक रोजगारीमा जाने कामदारले अभिमुखीकरण तालिम लिएबापत ७०० रुपैयाँ वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।