image

  • अर्थ रोजगार
  • माधव नेपालले एमाले फुटेको घोषणा गर्दै भने,हामी पेरिस डाँडा जान पाउनुपर्छ ।
माधव नेपालले एमाले फुटेको घोषणा गर्दै भने,हामी पेरिस डाँडा जान पाउनुपर्छ ।

माधव नेपालले एमाले फुटेको घोषणा गर्दै भने,हामी पेरिस डाँडा जान पाउनुपर्छ ।

माधव नेपालले एमाले फुटेको घोषणा गर्दै भने,हामी पेरिस डाँडा जान पाउनुपर्छ ।

शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी विभाजनतिर पुगेको बताए । अब अध्यक्ष तथा प्रधानमन्त्री  ओलीसँग फर्किने सम्भावना छैन । चैत्र ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन ।



अब अलग अलग ढंगले जान्छौं । देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे । ‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नु भएको छ । 


आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो’, नेपालले भने, ‘ चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’ उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम  एकताको पहल थालिने पनि बताए । अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने उनको विश्वास छ ।

झलनाथ  खनाल सँगै हुनुहुन्छ, वामदेवजी पनि यही आउनुहुन्छ । एमालेका बहुमत नेता कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ’, नेपालले भने। उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी लागिने उल्लेख गर्दै यसमा लागिपर्ने बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
16.7%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
66.7%
lol हाँसो
0%
perfect उत्तम
16.7%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।