image
image

मलेसियामा दुई नेपाली हत्या गर्ने भण्डारीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १, पुस । मलेसियामा दुई नेपालीको हत्या गर्ने एक नेपालीविरुद्ध त्यहाँको अदालतमा मुद्दा दर्ता भएको छ।

गत ३ डिसेम्बरका दिन मलेसियाको सेरेम्बानस्थित एक रेस्टुरेन्टमा हथौडाले हानेर ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको हत्या गरेको अभियोगमा ३७ वर्षीय नेपाली ठाकुरप्रसाद भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

विगत लामो समयदेखि मलेसियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका भण्डारीले सेक्युरिटी गार्डको रूपमा काम गर्दै चौधरी र दमाईको हत्या गरेको हुनसक्ने भन्दै त्यहाँको म्याजिस्ट्रेट अदालतमा मुद्दा दायर गरिएको छ।

उनले डिसेम्बर ३ तारिखका दिन बिहान ९:०८ देखि साँझ ४:४८ बजेसम्म दुवै अपराध गरेको मलेसियन प्रहरीले जनाएको छ। अभियुक्त भण्डारीलाई दण्ड संहिताको धारा ३०२ अन्तर्गत अभियोग लगाइएको र जसमा दोषी ठहरिए अनिवार्य मृत्युदण्डको सजाय हुनेछ।

अभियुक्त उक्त क्षेत्रमा कामदारका लागि क्यान्टिनको रूपमा काम गर्ने परिसरमा म्यानेजर भएको र पीडित दुवै जना सुरक्षा गार्डको रूपमा कार्यरत रहेको बताइएको छ।

उनले दुवै जनालाई हथौडाले हानेर हत्या गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार घटनास्थलमा एक हथौडा पनि फेला परेको थियो। मदिराको नशामा रहेको आशंका गरिएका अभियुक्त पनि घटनास्थलमा फेला परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।