चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ, २९, मंसिर । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण (रेमिटेन्स) आप्रवाह २०.४% ले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसैअवधिमा रेमिटेन्स ७% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८% ले बढेर २ अर्ब ९३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३% ले घटेको थियो ।
कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०२.५% ले बढेर १ लाख ९५ हजार १९६ रुपैयाँ पुगेको छ । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४६.४% ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१% ले बढेको थियो ।