image
image

शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको प्रथम उपाधि जित्न सफल

काठमाडौँ, २७, मंसिर । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।

यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र
राष्ट्रियस्तरको विकास बैंक हो ।

लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकका संघीय राजधानी काठमाडौंसहित प्रदेश १ र २ वाहेक सबै
प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन् काउन्टर सञ्चालनमा छन् । सबैभन्दा धेरै शाखा,
कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् । बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि बैंकका तर्फबाट ब्रान्डिङ तथा मानव संशोधन प्रमुख प्रवास राईले ग्रहण गरेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिए ।

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति,शेयरधनी,कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका
सरोकारवाला सबैको रचनात्मक साथ छ,यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’–पौडेलले भने ।

बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जितेको छ । यो विधामा सिद्धार्थ बैंक लिमिटेड दोस्रो भएको छ भने राष्ट्रिय वाणिज्य बैंक तेस्रो भएको छ । बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड भने शिवम् सिमेन्टले जितेको छ ।

बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ । सो विधामा फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो स्थानमा रहँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो स्थान हासिल गरेको छ ।यस्तै, बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो र नेको इन्स्योरेन्स कम्पनी तेस्रो भएका छन् ।

बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो हुँदा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो भएको छ


बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यो विधामा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स दोस्रो र गुडविल फाइनान्स कम्पनी तेस्रो भएका छन् ।यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा विमल वाग्ले, श्रीमान कार्की, शशी सत्याल र महेश कुमार थापा रहेका थिए ।

नेपालको पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड
दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।