image

साओमी १३ र साओमी १३ प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौँ, २६, मंसिर । चिनियाँ स्मार्टफोन निर्माता साओमीले पछिल्लो फ्ल्यागशिप सिरिज अन्तर्गत साओमी १३ र साओमी १३ प्रो सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रम गर्दै साओमी १३ अन्तर्गतको बेस र प्रो मोडेल सार्वजनिक गरेको हो ।

पहिलाे चरणमा चिनियाँ बजारमा मात्र उपलब्ध हुने याे फाेन छिट्टै विश्वबजारमा सार्वजनिक हुने अपेक्षा छ ।साओमी १३ प्राे

साओमी १३ प्रोको डिस्प्ले साओमी १२ प्रोको जस्तै छ । साओमी १२ प्रो जस्तै यस मोडेलमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्च एलपीटीओ एमोलेड डिस्प्ले रहेको छ । कम्पनीका अनुसार साओमी १३ प्रो स्न्यापड्रागन ८ जेन २ चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १३ र मीयूआई १४ मा आधारित छ । 

क्यामेराको कुरा गर्नुपर्दा साओमी १३ प्रोमा ५० मेगापिक्सेलका तीन ओटा रियर क्यामेरा रहेका छन् । साओमी १२ एसमा भएको एक इन्च सोनी आईएमइस९८९ सेन्सरलाई लेइका ब्रान्डको लेन्ससँग संयोजन भएको लेन्स प्रयोग गरिएको छ । त्यस्तै यस मोडेलको अर्को ५० मेगापिक्सेल सेन्सरमा ७५ एमएम टेलिफोटो लेन्स समावेश छ, जसमा ३.२ एक्स अप्टिकल जुम क्षमता रहेको छ ।

यसैगरी ८ जीबी, १२ जीबी र्‍याम भेरियन्टमा उपलब्ध यस मोडेल १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भरियन्टमा उपलब्ध छ । सेल्फी पारखीका लागि यस फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

४,८२० एमएएच ब्याट्री क्षमता भएको फोनमा १० वाट रिभर्स वायरलेस चार्जिङ, ५० वाट वायरलेस चार्जिङ र १२० वाट क्षमताको चार्जर रहेको छ । उक्त चार्जरले १९ मिनेटमै फोन फुल चार्ज गर्ने कम्पनीले बताएको छ ।  

सोओमी १३ प्रो को ८/१२८ जीबी भर्सनको मूल्य ४,९९९ युआन (करिब ९४ हजार ३८० रुपैयाँ) र १२/५१२ जीबी भर्सनको मूल्य ६,२९९ युआन (करिब एक लाख १८ हजार ९२०) रहेको छ ।

साओमी १३

साओमी १३ मा इन्च रिफ्रेस रेट भएको ६.३६ इन्चको ओएलईडी डिस्प्ले रहेको छ । एन्ड्रोइड १३ र मीयूआई १४ मा आधारित यो फोन क्वालकमको एम८५५० स्न्यापड्रागन ८ जेन २ मा आधारित छ ।

८ जीबी र १२ जीबी र्‍याम भेरियन्टमा रहेको यो मोडेल १२८ जीबी, २५६ जीबी, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । साओमी १३ मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सलेको टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ ।

कम्पनीले साओमी १३ मा ४५०० एमएएच क्षमताको ब्याट्री समावेश गरेको छ, जसलाई ५० वाटको वायरलेस चार्जरले ४८ मिनेटमा फुल चार्ज गर्ने बताइएको छ । त्यस्तै यस फोनसँगै उपलब्ध ६७ वाट चार्जरले ३८ मिनेटमा फुल चार्ज गर्न सक्छ । त्यस्तै फोनमा १० वाट रिभर्स वायरलेस चार्जर रहेको छ ।

साओमी १३ को ८/१२८ जीबी भेरियन्टको मूल्य ३,९९९ युआन (करिब ७५ हजार ५०० रुपैयाँ) रहेको छ । त्यस्तै ८/२५६ जीबी भेरियन्टको मूल्य र १२/२५६ जीबी भेरियन्टको मूल्य क्रमशः ४,२९९ युआन (करिब ८१ हजार १६० रुपैयाँ) र ४,५९९ युआन (करिब ८६ हजार ८३० रुपैयाँ) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।