image
image

महिला हिंसाविरुद्ध एकजुट हुन एनआरएनए अध्यक्ष थापाको आग्रह

काठमाडौँ, २५, मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् । 

थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् । गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताइन् ।

उनले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिँदा अफबाह फैलाउने लगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताइन् । थापाले सामाजिक हिंसाजन्य घटनालाई अन्त्य गर्नको लागि एकजुट हुनु आवश्यक रहेकोको बताइन् । 

संघका अध्यक्ष डा.बद्री केसीले विकसित समाजमा समेत पर्याप्त रूपमा महिला हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा विकृतिको रूपमा रहेको बताए । उनले महिलामा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताए । 

एमाले सांसद विद्या भट्टराईले लैगिक असमनताकै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गरिन् । उनले नेपालमा साइबर  क्राइम, यौन  हिंसा निर्मूल गर्न कडा कानुनको अभाव रहेको बताइन् । उनले हिंसा रोक्न महिलाहरूको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरूको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताइन् । 

अर्की सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउँदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझै कम रहेको बताइन् । उनले सामाजिक हिंसाको अन्त्य गर्न  महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । महतोले गैरआवासीय नेपालीले विदेशका अन्य देशमा भएका महिला हिंसाविरुद्ध सम्बन्धी कानुन बमोजिम  पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।